तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीसँग डा सन्दुकको भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्नुभएको छ ।

प्रसिद्ध रमन ग्यागासासे पुरस्कारप्राप्त डा रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग धेरैबेर कुरा भयो ।

आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button