प्रधानमन्त्रीले लिनुभयो घाइते क्याप्टेनको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज साँझ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्य अवस्थाबारेका जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले उहाँको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गर्नुभएको थियो ।
सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्