तपाईँ सुन्दै हुनुहुन्छः

विपद्का कारण बेपत्ता व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराइने

काठमाडौँ । सरकारले बाढी पहिरो जस्ता विपद्का कारण बेपत्ता भई फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बाढी पहिरो जस्ता विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म फेला नपर्ने व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गुरुङले वि.स.२०८२ साल असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिका मुक्त बनाउने, कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्लड लाइट जडान र प्याराफिट निर्माणको कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको बताउनुभयो ।

यस्तै समृद्धिका लागि वन आयोजनाको लागि विश्व बैङ्कबाट थप १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने लगायतका निर्णयहरू भएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button