तपाईँ सुन्दै हुनुहुन्छः

रोकिराखेको टिपरमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौँबाट भक्तपुरतर्फ आउने सडक खण्डको बायाँतर्फ साइडमा बिग्रेर रोकिराखेको लुम्बिनी २ ख १९०४ नम्बरको खाली टिपरको पछाडिको भागमा सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००६ प ९०३५ नं को स्कुटर अचानक अनियन्त्रित भई ठोक्किएको प्रहरीको भनाई छ ।

दुर्घटनामा स्कुटर चालक तेह्रथुम साप्ला–५ घर भई हाल भक्तपुर कौशलदार सागबारी बस्ने वर्ष २१ वर्षीय नवीन पुदुङ (लिम्बु) को मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार नवीन गम्भीर घाइते भई तत्कालै कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारकाे क्रममा नवीनको मृत्यु भएको हो ।

सवारी साधन र टिपर चालक काभ्रे भुम्लु गाउँपालिका–१० का २६ वर्षीय पुजन शाहलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button