तपाईँ सुन्दै हुनुहुन्छः

बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

मकवानपुर । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुर सिंह लामालाई नियुक्त गरिएको छ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। लामा बागमती प्रदेशमा काँग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री लामा २०७० सालमा संविधानसभा सदस्य, २०७४ मा प्रतिनिधिसभा सदस्य र २०७९ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button