राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ: उपराष्ट्रपति ह्यारिस
वासिङ्टन डिसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ ।
आफ्नो पार्टीबाट उम्मेदवार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु, ह्यारिसले एक विज्ञप्तिमार्फत बताउनुभयो ।
डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतीय चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको हो । उहाँले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ ।
ह्यारिसले पूर्व सभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ । रासस/ सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्