‘पुष्पलालको विचार र सिद्धान्तले गणतन्त्र आएको हो’
बर्दिया । नेकपा एमालेकी सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले स्व.पुष्पलाल श्रेष्ठको विचार र सिद्धान्तबाट गणतन्त्र आएको बताउनुभएको छ ।
उहाँले स्व श्रेष्ठ जीवित नभए पनि उहाँको विचार र सिद्धान्तकै कारण सबै पार्टी मिलेर संयुक्त जनआन्दोलन गरी गणतन्त्र आएको बताउनुभयो ।
नेकपा एमाले बर्दियाले ४६ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘आजको परिस्थितिमा पुष्पलाल श्रेष्ठको विचारको सान्दर्भिकता’ विषयक गोष्ठीमा उहाँले पुष्पलालको विचार ४६ वर्षपछि पनि प्रभावकारी र समय सान्दर्भिक रहेको बताउनुभयो ।
गोष्ठीमा नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्लाका नेताहरू, जिल्ला समन्वय समिति प्रमुख, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्