पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधारोन्मुख
काठमाडौ । पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ । वीर अस्पतालमा उपचारत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधारोन्मुख भए पनि अझै केही दिन चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकाले अस्पतालमा रहनुहुनेछ । ज्वरो, पिसाबमा सङ्क्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री चन्द यही साउन ३ गतेदेखि वीर अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँले हाल सो अस्पतालको विशिष्ट व्यक्ति उपचार कक्षमा उपचार गराइरहनु भएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्