तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/८० सभा समक्ष पेस गर्नुभयो ।

यस अघि बैठकको प्रादेशिक समयमा सांसद्हरुले बाढी पहिरोबाट पीडित नागरिकलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्हरुले विपद्को सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना प्रणालीलाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद्हरुले पूर्वाधार निर्माणका काम गर्न असार महिना कुर्नुपर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मुग्लीन नारायणगढ सडक खण्डको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने, सडक दुर्घटनालाई रोक्न अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित एक अध्ययन समिति बनाई समितका सुझावहरू कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक यही साउन ७ गते सोमबार दिउँसो सवा १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button