तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमा विद्युत् पुगेपछि स्थानीयहरू खुसी

रुकुम पूर्व । जिल्लाको  विकट गाउँ खाम्दैमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रिय प्रसारण लाइन सुचारु भएको छ । जिल्लाको भुमे गाउँपालिका वडा नम्बर-६ को खाम्दैमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रिय प्रसारण लाइन सुचारु भएको हो ।

करिब ४ महिना अगाडी नै नाखे खोलामा ५० के.भि.ए. को ट्रान्सर्फमर जडान भएको थियो । सोही ठाउँबाटै एउटा फेज खाम्दै गाउँका लागि केन्द्रीय प्रसारण लाइन विस्तार गरि ३ गते बिहीबार करिब ५० घर उपभोक्ताका लागि केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वका कार्यालय प्रमुख प्रमोद खनालले जानकारी दिनुभएको छ ।

केन्द्रीय प्रसारण लाइन गाउँमा पुगेपछि स्थानीयहरू  खुसीयाली मनाइरहेका छन् । बर्षौ देखि टुकी र सोलार बाल्दै आएका खाम्दैका स्थानीयहरूको दुख सधैँका लागि अन्त्य भएको छ । 

केन्द्रीय प्रसारण लाइन यो भन्दा अगाडि नै गाउँमा पुर्‍याउने वितरण केन्द्रको योजना भए पनि विकट तथा भौगोलिक हिसाबले अप्ठ्यारो परिस्थिति हुँदा केही ढिला हुन पुगेको वितरण केन्द्रका कार्यालय प्रमुख खनालले जानकारी दिनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button