महाकालीमा पानीको बहाब घटेपछि शारदा ब्यारेजमा सवारी आवागमन सुरु

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाब घटेको छ । बिहीबारदेखि बढेको पानीको बहाब आज घटेको छ ।
महाकालीमा पानीको बहाब ९३ हजार ४ सय ४ क्युसेक भन्दा कम पुगेको छ । पानीको बहाब घटेसँगै शारदा ब्यारेजको पुलमा चार पाङ्ग्रे सवारीसाधनको आवागमन सुचारु भएको छ । आज बिहानदेखि चार पाङ्ग्रे सवारी साधन आवागमन सुचारु भएको हो ।
बिहीबार दिउँसो नदीमा पानीको बहाब बढेपछि पुलमा ठूला सवारीसाधनको आवागमन बन्द गरिएको थियो । बिहीबार महाकालीमा पानीको बहाब १ लाख ४७ हजार क्युसेक पुगेको थियो । नदीमा बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्