सर्पको टोकाईबाट मृत्यु
नवलपरासी । पश्चिम् नवलपरासीको बर्दघाटमा सर्पको टोकाइबाट एक युवतिको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ बस्ने २० वर्षिया सोनिया खनालको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहान करिब ३ बजेको समयमा बायाँ खुट्टामा सर्पले टोकेपछि खनाललाई स्थानीय मेडिकलमा प्राथमिक उपचारका लागि लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
केहीदिन अघि प्रतापपुरमा ३२ वर्षीय महिलाको सर्पले डसेर मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।







प्रतिक्रिया राख्नुहोस्