तपाईँ सुन्दै हुनुहुन्छः

सांफे मार्तडी सडक दुई दिन देखि तीन ठाउँमा अवरुद्ध

बाजुरा। लगातारको बर्षाका कारण पहिरो जाँदा बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक तिन ठाउँमा अवरुद्ध भएको छ । बुधबार राति देखि निरन्तर परेको अविरल वर्षा सँगै आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराले साफेँ मार्तडी सडक खण्ड अन्तरगत बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, बडिमालिका नगरपालिका ४ रिला र बडिमालिका नगरपालिका ९ कारागार नजिकै गएको पहिरोले सडक अवरोध भएको जनाएको छ । अवरुद्ध सडकको पहिरो हटाउन पहल भइरहेको भएपनी लगातारको पानी नरोकिएकाले समस्या उत्पन्न भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरिले बताउनुभयो ।

सांफे मार्तडी सडक खण्ड सँगै जिल्लाको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक समेत अविरल वर्षासँगै पहिरोका कारण दुई सातादेखी अवरुद्ध रहेको छ ।

सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा माल वाहक सवारी साधन ठप्प भएका छन् ।भने स्थानीयलाई दैनिक प्रशासनिक कामका लागि सदरमुकाम मार्तडी सम्म आउन जान र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button