बाँकेमा चट्याङ लागेर तीन जना घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा धान रोप्न क्रममा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा राप्तीसोनारी गाउँपालिका हरिहरपुरका ३२ वर्षका सम्झना विक, बसन्ती उपाध्याय र शलिना केसी रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीका अनुसार घाइतेलाई उपचार गर्नका लागि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको छ ।







प्रतिक्रिया राख्नुहोस्