तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

रुकुम पूर्व। रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ ।

त्यस्तै पहिरोमा परि भैँसी, गोरु पनि घाइते भएका छन् ।घटनामा तत्काल अस्थाई प्रहरी चौकी पाखापानी बाट प्रहरी सहायक निरीक्षक गौराज घर्तीकाे कमान्डमा खटिएको ४ जनाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय प्वाङ बाट प्रहरी सहायक निरीक्षक ओम भक्त चौधरिको कमाण्डमा खटिएको ४ जना प्रहरी टोलीले मृत्युक तथा घाइतेहरूको उद्धार गरेको छ ।

त्यस्तै घटना स्थल तर्फ सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुम पूर्वबाट सहायक प्रहरी निरीक्षक प्रिन्स कुमार चन्दकाे कमाण्डमा ११ जनाएको घटना स्थल तर्फ जाँदै गरेको बताइएको छ । घटनाको थप विवरण भने आउन बाकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button