तपाईँ सुन्दै हुनुहुन्छः

दियालो बंगला दरबार अध्ययन अनुसन्धानको केन्द्र बन्न सक्छ : पर्यटनमन्त्री तामाङ

चितवन । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले दियालो दरबार अध्ययन अनुसन्धानको केन्द्र बन्न सक्ने बताउनु भएको छ । आज भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित दियालो बंगला दरबार सङ्ग्रहालयलाई सर्वसाधारणको लागि खुल्ला गर्ने शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यो सङ्ग्रहालयलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनु पर्नेमा जोड दिनुभयो । 

’यो सङ्ग्रहालय अहिले सम्म सर्वसाधारणको लागि बन्द थियो, उहाँले भन्नुभयो, यो खुल्ला गरिएसँगै अध्ययन अवलोकनको साथै अनुसन्धानको केन्द्र बन्न सक्छ ।’ देशकै केन्द्र बिन्दु भरतपुरमा रहेको राजा महाराज बस्ने यो दरबारमा अनुसन्धानकर्ताको लागि ठूलो अवसर हुने उहाँले बताउनु भयो । ‘जैविक विविधता, प्राकृतिक वातावरण , नारायणी नदीले पर्यटकलाई आकर्षित गर्छ नै, उहाँले भन्नुभयो, यो चितवनको उत्कृष्ट गन्तव्यको रुपमा पनि स्थापित हुनेछ ।’ बिशेषगरी देवघाट धाममा दर्शन गर्न आउने भारतीय तीर्थ यात्रीको लागि पनि यो आकर्षणको केन्द्र बिन्दु बन्ने उहाँको भनाई थियो । 

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुरका ३० वटा उत्कृष्ट पर्यटकीय गन्तव्य मध्ये मुख्य सातवटा गन्तव्य भित्र दियालो बंगला संग्राहलय रहेको बताउनु भयो । नेपाल ट्रष्टसंँग सम्झौता भएसँगै यो संग्राहलय वरपर पार्कको अवधारणमा विकास गरिने दाहालको भनाई थियो । ‘यसको भित्री संरचना महत्वलाई नचलाईकन यसको वरिपरि पार्क तथा सौन्र्दयकरण गरी छिट्टै सर्वसाधारणको लागि खोल्नेछौँ । ’मेयर दाहालले भन्नुभयो । इतिहास देख्न चाहनेलाई दियालो दरबार सङ्ग्रहालय उत्कृष्ट स्थल बन्ने उहाँको भनाई थियो ।

नेपाल ट्रस्टकी सदस्य सुनिता गौतमले यो सङ्ग्रहालय खुलेसँगै सर्वसाधारणले पहिलेका शासकको गतिविधि तथा जीवनशैलीको बारेमा समेत जानकारी पाउने बताउनु भयो । 

राजपरिवारले बिदा मनाउने भरतपुर स्थित ऐतिहासिक दरबार दियालो बङ्गलामा जाडो छल्न राजपरिवार यहाँ आउने गर्नुहुन्थ्यो  । 

दियालो बङ्गलामा राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ । त्यस्तै, राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित नै राखिएका छन् । सङ्ग्रहालयमा, डाइनिङ हल र भान्साका भाँडाकुँडा,शिकार गर्ने सामाग्री, क्याम्प गर्ने संरचना पनि जोगाएर राखिएको छ ।  

दियालो बङ्गलामा राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ । त्यस्तै,राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित नै राखिएका छन् । दरबारको पहिलो तलाको ठूलो बैठक कक्षको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर सजाएर राखिएका छन् । भित्तामा बाघको टाउको जस्ताको तस्तै राखिएको छ । राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही भर्‍याङमा राखिएको छ ।

शिकारका सौखिन राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा यही दरबारमा बस्ने गर्नुहुन्थ्यो  । उहाँको २०२८ माघ १७ मा दियालो बङ्गलामै निधन भएको थियो। त्यसपछि पूर्व विरेन्द्र राजा महेन्द्रको वार्षिक तिथि पारेर पूर्वराजा वीरेन्द्र बङ्गलामा आउनु गर्नुहुन्थ्यो । पूर्व राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाउनु भएको  थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button