अविरल बर्षाले सांफे मार्तडी सडक अवरुद्ध
बाजुरा ।अविरल वर्षाले ठाउँ ठाउँमा गएको पहिरो तथा सडकका बिच भागमा ढलेका विद्युतका पोल र रुखका कारण बाजुरा सदरमुकाम जोड्ने मुख्य राजमार्ग सांफे मार्तडी सडक अवरुद्ध भएको छ ।
सांफे-मार्तडी सडक अन्तर्गत अछामको बुढाबगर नजिकै गएको पहिरो सँगै साँफे-मार्तडी ३३ के.भी. विद्युत् प्रसारण लाइनमा रूख ढलेर सडक अवरुद्ध भएको हो।
अछामको बुढाबगर नजिक सडक माथी बाट खसेको पहिरो सँगै आएको रुखले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सांफे-मार्तडी राजमार्गमा चल्ने यात्रुवाहक बस्, जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् ।
सडक अवरुद्ध भए सँगै आवतजावत,र दैनिक उपभोग्य सामग्री खरिद तथा ओसारपसारमा स्थानीय नागरिकले सास्ती बेहोर्नु परेको छ।
अवरुद्ध सडक सञ्चालनका लागि ढलेका रुख र बिजुलीका पोल तथा पहिरो पन्छ्याउने कार्य जारी रहेको इलाका प्रहरी चौकी बुढाबगरले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्