झापामा चट्याङ लागेर दुईजनाको मृत्यु
झापा (भद्रपुर) । अविरल वर्षासँगै परेको चट्याङ लागेर आज बिहान झापामा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङले लागेर कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका -३ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो ।
आज बिहान घरबाट खेततर्फ जाँदै गर्दा अचानक परेको चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने खेतमा धानको बिउ उखाल्ने क्रममा परेको चट्याङ लागेर गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापामा हिजो मध्यरातदेखि भइरहेको वर्षा रोकिएको छैन । वर्षाका कारण झापाका नदीहरूमा बाढी आएको छ भने धेरै गाउँ बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्