हावाहुरीले पोल ढालेपछि नेपालगन्जको विद्युत् गएरातिदेखि अवरुद्ध
नेपालगन्ज । नेपालगन्जको विद्युत् सेवा गएरातिदेखि अवरुद्ध भएको छ । राति आएको हावाहुरीले विद्युतकाे पोलमा क्षति पुर्याउँदा नेपालगञ्जमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
गएराति आएको हावाहुरीले दुई दर्जन बढी पोलमा क्षति पुर्याएकाले विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।
विद्युत् कार्यालयले कोहलपुर-नेपालगञ्ज खण्डकाे गनापुरमा एउटा रुख बीचमा परेकाले ठुलो समस्या भएको र त्यसलाई पन्छाउने काम भइरहेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्