तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मीले कोहलपुरमा दुईको मृत्यु

बाँके ।बाँकेमा भएको अत्यधिक गर्मीले नागरिकहरूले अकालमै ज्यान गुमाउन थालेका छन् । गत राति नेपालगञ्ज – १ स्थायी घर भई माइतीमा बस्दै आएकी कोहलपुर १२ चपरगौडिकि ४१ बर्षिया मुना शर्मा गौतम र कोहलपुर ११ लोकनगर निवासी ८१ वर्षीय नोथि थारुको गर्मीका कारण निधन भएसँगै बाँकेमा अत्यधिक गर्मीले मृत्यु वरण गर्नेहरुको सङ्ख्या ४ पुगेको छ ।

यस अघि खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको मृत्यु भएको थियो । उहाँ शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए। सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुऱ्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।

त्यसैगरि गर्मीकै कारण नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश अत्यधिक गर्मीका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button