तपाईँ सुन्दै हुनुहुन्छः

खडेरीले बाली सुक्यो:  कृषक बने चिन्तित

मुगु । बिगत लामो समय  देखि मुगु लगायत  कर्णाली प्रदेशका  जिल्लाहरूमा बोटबिरुवा लाई चाहिने पानीको मात्रा  नहुँदा  कृषकहरूले खेतमा लगाएको बर्से बालीका बेर्नाहरू खेतमै सुक्न थालेपछि कृषकहरू चिन्तित बनेका छन् ।

बिगत लामो समय देखी पानी नपरी  सुख्खा खडेरीका कारण  कृषकहरूका खेतमा लगाइएको कोदो, धानका  बेर्ना मकै, भटमास, चिनो,  मार्सेका बोटहरू  सुक्दै गएपछि स्थानीय कृषकहरू चिन्तित बनेका हुन् । 

नेपालमा  दिन प्रतिदिन जलवायुको नकारात्मक प्रभाव  परिरहेका बेला हिउँद ऋतुमा हिमाली भेगका उच्च स्थानमा  कम हिमपात हुनुका साथै  असार महिना लागी सक्दा  पनि  पानी  नपरी  सुख्खा खडेरी  पर्दै गएपछि भएका पानीका  मुहानहरू सुक्दा खेतमा समेत सिँचाइको अभाव देखिएको हो । एकातिर जिल्लामा आर्थिक मन्दिले  बेरोजगारी बढेर दैनिक जीविकोपार्जन गर्न मुस्किल भइराखेका बेला सुख्खा खडेरीले  समयमा नै खेतीपाती नहुँदा भोकमरी  निम्तिने खतरा बढेको  छायानाथ रारा नगरपालिकाका कृषक नन्द बहादुर मल्लले बताएका छन् । उहाँका अनुसार  “खेतका  साना बेर्ना लगायत  बाली नाली सुकीसके  छिटो पानी परे हुन्थ्यो”

मुगु लगायत साबिक कर्णाली अञ्चलका  हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा असारमा  धान रोपाई र  कोदोको बेर्ना सार्ने गरिन्छ तर असार महिनाको आगमन सँगै वर्षा नभएपछि  कृषकहरू धान रोपाई र  कोदाको बेर्ना सार्न  पाएका छैनन् भने  जिल्लाका गाउँ बस्तीमा पानीका मुहान सुक्दै जान थालेपछि  गाउँघरमा समेत खानेपानी अपुग हुन थालेको छ । वर्षा नभएका कारण, गाउँ बस्तीमा सुख्खा , धुवाँ धुलोले रुघा खोकीका बिरामीहरू समेत बढेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button