तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस 

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो १५औँ स्थापना दिवस मनाएको छ । 

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपकुलपति प्रा.डा. हेमराज पन्तले विश्वविद्यालयलाई सामाजिक र प्राज्ञिक क्षेत्रसँग जोड्न प्रतिबद्ध रहेको बताउनुभयो ।

विश्वविद्यालयको वर्तमान अवस्था र आगामी कार्ययोजना प्रस्तुत गर्नु हुँदै उपकुलपति प्रा.डा.पन्तले अनुसन्धान कार्यलाई थप प्राथमिकता दिइने बताउनुभयो । कार्यक्रममा सहभागी विभिन्न संघ संस्था र राजनीतिक दलका प्रतिनिधिले  गुणस्तरीय शिक्षामा केन्द्रित हुन विश्वविद्यालयको नेतृत्वलाई सुझाव दिनुभयो ।

कार्यक्रममा  राजनीति दलका नेताहरूले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप नगर्ने र विश्वविद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा  विश्वविद्यालयका ३० भन्दा बढी प्राध्यापक र कर्मचारीहरूलाई दीर्घसेवा पदक प्रदान गरिएको छ । 

विश्वविद्यालय स्थापनाका लागि पुर्‍याएको योगदानको कदर गर्दै  समाजसेवी  डिल्लीराज लेखक र लीला ध्वज बस्नेतलाई पनि विश्वविद्यालयले सम्मान गरेको छ ।

कार्यक्रममा शिक्षाविद्हरू, राजनीतिक दलका नेताहरू, विभिन्न  सङ्घसंस्थाका प्रमुखहरू, स्थानीय तहका प्रमुखहरू, विश्वविद्यालयका पदाधिकारीहरू, विद्यार्थीहरू र अभिभावकहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button