तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा सदरमुकाम मार्तडीमा रात्रि अवतरण हेलिप्याड निर्माण

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा रहेको दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको हो।

बाढीपहिरो तथा अन्य प्राकृतिक विपद् बाट समस्या भोग्न बाध्य बाजुराका स्थानीयलाई रात्रि हेलिप्याड निर्माण सँगै उद्धार तथा राहतका कामहरू रात्रिकालीन अवस्थामा समेत सजिलै गर्न सकिने भएको छ। जिल्लाका नौ ओटै स्थानीय तहको सहयोग तथा नेपाली सेना दुर्गाभन्जन गुल्मको प्राविधिक सहयोगमा थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको दुर्गाभन्जन गुल्मका गुल्म पती धर्मेन्द्र बहादुर सिंहले बताउनु भयो।

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय र जिल्लाका सम्पुर्ण स्थानीय तहको आर्थिक सहयोगमा नाइट भिजन हेलिप्याड अस्पताल नजिकै रहेको ब्यारेकमा स्थापना गरिएसँगै बिरामी, विपद्मा परेका तथा सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता आउने पृतनापति उपरथी गणेश कुमार श्रेष्ठले बताउनुभयो ।

बडिमालिका, बुढिगंगा , त्रिवेणी , र बुढिनन्दा नगरपालिका, तथा हिमाली , जगन्नाथ, स्वामिकार्तिक खापर , गौमुल र खप्तडछेडेदह गाउँपालिकाको ६ लाख ३० हजार ८१ रुपैयाँ लागतमा सो हेलिप्याडको निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button