तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा यु-१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु

एथलेटिक्स तर्फ कर्णालीलाई २ स्वर्ण

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरामा यु १५ विद्यालय स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिता अन्तर्गत एथलेटिक्स तर्फ पहिलो दिन ६ वटा इभेन्ट सम्पन्न हुँदा कर्णाली प्रदेशले भने २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

त्यसै गरी गण्डकी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले एक एक स्वर्ण पदक हात पार्न सफल भएका छन् । छात्रा तर्फ ४ सय मिटर दौडमा कर्णालीका कृष्णा रानाले १ मिनेट ४ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक हासिल गर्नुभयो । बागमतीका भगवती खड्काले १ मिनेट ५ सेकेन्डमा दुरी पुरा गर्दै रजत जितिन भने, लुम्बिनीकी कमला वलीले १ मिनेट ८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गर्नु भयो ।

लङ जम्प छात्रातर्फ कर्णालीका सरिता शाहीले ४.६१ मिटर दुरी पुरा गरि स्वर्ण पदक हासिल गरे । कोशीका निकिता एक्तेल लिम्बुले ४।५२ मिटर दुरी जम्प गर्दै रजत हासिल गर्दा गण्डकीकी सुजता कुमालले ४.२७ दुरी पुरा गर्दै कास्य पदक हासिल गर्नु भयो ।

१०० मिटर छात्रा तर्फ गण्डकीकी ऐन्जल अधिकारीले स्वर्ण पदक हासिल गर्नु भयो । उहाँले १३:५६ सेकेन्डमा दुरी पुरा गर्नु भयो । लुम्बिनीकी आरुशि भट्टराईले १३ः७२ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गर्नु भयो । बागमतीकी मुस्कान चौधरीले १४ः२७ सेकेन्डले दुरी पुरा गर्दै कास्य हासिल गर्नु भयो ।

यस्तै छात्र तर्फ लुम्बिनीका शुभम बमरेलले ११ः४६ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक हासिल गर्नु भयो । मधेशका अर्जुन शाहले ११ः८५ सेकेन्डमा दुरी पुरा गरि रजत हासिल गर्दा कोशीका राजन वान्तवा राईले ११ः९१ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक हासिल गर्नु भयो । ४०० मिटर छात्रतर्फ सुदूरपश्चिमका वरुणदत्त रानाले स्वर्ण पदक हासिल गर्नु भयो । उहाँले निर्धारित दुरी ५३.६२ सेकेन्ड पुरा गर्नु भयो । मधेशका दिपेश शाहले ५३ः६९ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गर्नु भयो । लुम्बिनीका सुशान्त थारुले ५४ः२४ सेकेण्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गर्नु भयो । लङ जम्प छात्र तर्फ मधेशका अनुज कुमार शाहले स्वर्ण पदक हासिल गर्नु भयो । उहाँले ६.११ मिटरको दुरी पार गर्नु भयो । सुदूरपश्चिमका बरुण दत्त रानाले ६।७ मिटरको दुरी पार गर्दै रजत पदक हासिल गर्नु भयो । लुम्बिनीका श्लोक हरिजनले ५.८२ मिटर जम्प गर्दै कास्य पदक हासिल गर्नु भयो । एथलेटिक्समा भोलि २ सय मिटर, ८ सय मिटर र ४ वाई १०० मिटर रिले छात्र-छात्रा दुवैतर्फ हुने भएको छ ।

यसैबिच, यु -१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आज दिउँसो ३ः०० बजे पछि उद्घाटन हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button