तपाईँ सुन्दै हुनुहुन्छः

सोमबार विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्री पाण्डेको तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश संसदीय दलको कार्यालयमा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराएसँगै सोमबार विश्वासको मत लिने गरी तयारी गर्नुभएको हो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद हुनुहुन्छ । बहुमतका लागि ३१ जना सांसदको साथ आवश्यक पर्छ ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

उहाँले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुने भएको छ । त्यो अवस्थामा कुनै पनि सांसदलाई कुनै पार्टीको ह्वीप लाग्दैन । गण्डकीमा एमालेको २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button