तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक अस्थिरताले नतिजामुखी काम गर्न कठिन : मन्त्री जोशी

नवलपरासी पश्चिम् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण नतिजामुखी काम गर्न कठिन हुने गरेको बताउनुभएको छ । मुलुकको विकासका लागि स्थिर सरकार बन्नुपर्ने मन्त्री जोशीले बताउनुभयो ।

बर्दघाट नगरपालिकाको १४ औ नगर सभामा उहाँले जनतामा अहिले असन्तुष्टि बढेकाले नेतृत्वले इमानदार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री जोशीले अहिले प्रधानमन्त्रीलाई हरेक मन्त्रालयबाट हुने राम्रा कामको दैनिक कार्यसम्पादनको जानकारी गराइने उल्लेख गर्दै स्थानीय तहका शाखाहरूले पनि यो परिपाटीको बिकास गर्नुपर्ने बताउनुभयो । ‘यो परिपाटीले स्थानीय तहको विकासमा टेवा पुग्छ, राम्रा कामको मूल्याङ्कन समेत हुने गर्छ’

‘आफ्नो गाउँ आफै बनाऊँ’ भन्ने अभियान जस्तै जनमुखी र लोकप्रिय कार्यक्रम ल्याइनुपर्ने मन्त्री जोशीको भनाई थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले आवश्यकताका आधारमा नीति तथा कार्यक्रममा समेटिने बताउँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो । भौतिक बिकास निरन्तर प्रक्रिया भएकाले शिक्षा स्वास्थ्य जस्ता मूलभूत कुरामा जोड दिइने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button