स्थिर सरकारका लागि निर्वाचन प्रणाली बदल्न आवश्यक : नेता कोइराला
नेपालगन्ज । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले स्थिर सरकारका लागि निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलनको आज नेपालगन्जमा उद्घाटन गर्नुहुँदै नेता डा.कोइरालाले संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्न दलहरूबीच समझदारी बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुकमा स्थायी सरकार बन्न नसक्दा विकास र समृद्धिमा फड्को मार्न नसकिएको बताउनुभयो ।
सह महामन्त्री किशोरसिंह राठौरले काँग्रेस कमजोर भए अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार हुने भएकोले कांग्रेस मजबुत बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्