तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

आयोगले गुप्तालाई आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगको टोलीले स्रोत नखुलेको रु ५० हजार बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button