तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस पार्टीभित्र उच्च तहको एकता आवश्यक : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस पार्टी भित्र उच्च तहको एकता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस मोरङद्वारा विराटनगरमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले पार्टीलाई सङ्गठित बनाउन नेतृत्व तहदेखि वडा तहसम्म उच्च तहको एकता जरुरी रहेको बताउनुभयो ।

२०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै निर्वाचन लड्ने वातावरण बनाउन पार्टीलाई बलियो बनाउनुपर्ने उहाँको भनाई थियो । महामन्त्री थापाले पार्टीभित्र मजबुत एकता कायम भए जुनसुकै निर्वाचन काँग्रेसले एक्लै दाबी गर्नुभयो ।

नेपाली काँग्रेसप्रति नागरिकहरूको ठुलो विश्वास रहेकाले काँग्रेसले जितेका स्थानीय तह तथा वडाहरूलाई जनतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट बनाउन उहाँले सुझाव दिनुभयो ।

विराटनगर विमानस्थलमा आजै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले काँग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button