लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पायो
दाङ । लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पाएको छ । लुम्बिनी प्रदेशको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आयोगलाई पूर्णता दिएको हो ।
बैठकले दाङ घोराहीका भुवन चौधरी, कपिलवस्तुका जीवन अर्याल र चितवन भरतपुर निवासी नुमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।
यसअघि कपिलवस्तुका सरोज खनाललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगमा उपाध्यक्षसहित ३ सदस्य रहने व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्