तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्रीले जेठ २८ गते मात्र विश्वासको मत लिने

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज बस्ने मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत नलिने हुनुभएको छ ।

मुख्यमन्त्री अस्वस्थ भएकाले विश्वासको मत जेठ २८ गते लिनुहुने मुख्यमन्त्रीका प्रेस संयोजक अतिष कुमार मिश्रले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने विषयमा प्रदेश सभाले तयारी गरेको बेलामा मुख्यमन्त्रीले प्रदेश सभा सचिवालयलाई आजै पत्र पठाउँदै अस्वास्थ्यताका कारण २८ गते मात्र विश्वासको मत लिने जानकारी सहितको पत्र पठाउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले पार्टीको आज भएको संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा सचिवालयलाई जानकारी गराइएको बताउनुभयो ।

गत वैशाख ३० गते नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था भएकाले जेठ ३० गते भित्रमा विश्वासको मत लिँदा पुग्ने भएकाले २८ गते लिने प्रमुख सचेतक यादवले जानकारी गराउनुभयो ।

मधेश प्रदेश सरकारमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीले हिजो साँझ राजीनामा दिएपछि सरकार थप अल्पमतमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button