तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन नगरप्रमुख सहित १४ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

गोदावरीको ढुङ्गा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानि नोक्सानी पुर्याएको आरोपमा नगरप्रमुख महर्जन सहित १४ जना विरुद्ध एक अर्ब चार करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

नगर प्रमुख सहित तत्कालीन नगर उपप्रमुख मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा शाखा प्रमुख यमलाल बेलबासे,  सप्तपथ निर्माण कम्पनी प्रा.ली. र सञ्चालक मदन के.सी, निराकार ढुङ्गा रोडा उद्योग सहित सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रा.लि. र सञ्चालक केदार नाथ तिमल्सेना,सजिलो रोडा ढुङ्गा उद्योग प्रा.लि. र सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्योग प्रा.लि. र सञ्चालक वीरेन्द्र महर्जन विरुद्ध पाँच फरक शीर्षकमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button