स्रोत नखुलेको ७२ लाखसहित दुई जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ७२ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका–४ घर भई हाल न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्