सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
उहाँले प्रदेशसभा बैठकमा आज प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।

सरकारको नीति तथा कार्यक्रममा समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणसँगै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइ, पूर्वाधार विकास, जलविद्युत लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रदेश गौरवका आयोजना, रोजगारीको सृजना, सिपमूलक तथा आयअर्जनमुलक कार्यक्रम सञ्चालन, पिछडिएका तथा गरिब, विपन्न, दलित समुदायका बालबालिकाका लागि निःशुल्क छात्रवृत्ति, शैक्षिक गुणस्तरमा वृद्धि, किसान अनुदान, खेलकुद, पर्यटन, कला संस्कृतिको प्रवर्द्धन, मानव बेचबिखन, लैङ्गिक हिंसा तथा लागू औषध दुर्व्यसन नियन्त्रणका लागि सचेतना कार्यक्रम, विकासमा सरकारी तथा नीजि क्षेत्र एवं गैरसरकारी संस्थासँगको साझेदारी नीति अबलम्वन, प्रदेश आत्मनिर्भर बनाउन उत्पादनमा वृद्धि, प्रदेशसभा सदस्यका लागि उपचार बीमाको व्यवस्था, प्रदेश, स्थानीय तहमा रिक्त दरबन्दीको पदपूर्ति, प्रदेश लोकसेवा आयोगलाई व्यवस्थित बनाइने लगायत सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्