तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : बजेटमाथि सैद्धान्तिक छलफल

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को  बजेट माथिको सामान्य सैद्धान्तिक छलफल सुरु भएको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री पुनले युवाहरूमा देखिएको निराशालाई चिर्न निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री पुनले मुलुकको अर्थतन्त्र शिथिल भएको र स्रोत साधन संकुचित भएको अवस्थामा सरकारले सन्तुलित बजेट ल्याएको बताउनुभयो । 

बैठकमा सांसद जगप्रसाद शर्माले बजेटले समृद्धिको आधार प्रस्तुत गरेको बताउनुभयो ।  

त्यसैगरी, सांसद कृष्णबहादुर रोकायले सरकारले प्रस्तुत गरेको बजेटले ठूला आयोजनाहरूलाई प्राथमिकता नदिएको, जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि कुनै कार्यक्रम नसमेटिएको बताउनुभयो ।
सांसद देवेन्द्र दाहालले बजेटले परम्परागत कार्यक्रममा साथै दीर्घकालीन महत्वका कार्यक्रम समावेश गरेको बताउनुभयो ।
बैठकमा डा.बेदुराम भुषालले स्वदेशमै रोजगारी वृद्धि गर्ने, निजी क्षेत्रको लगानी बढाउने लगायतका ५ उद्देश्यले ल्याइएको बजेट आधारभूत रुपमा सकारात्मक भएको बताउनुभयो ।

राष्ट्रियसभामा आर्थिक वर्ष. २०८१÷०८२ को बजेटमाथि छलफल जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button