तपाईँ सुन्दै हुनुहुन्छः

नारायणीमा डुबेर सुस्ताका ११ वर्षीय बालकको मृत्यु

नवलपरासी पश्चिम् । नारायणी नदिमा डुबेर सुस्तामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित रामनगरका महन्थ लोनियाका छोरा वर्ष ११ को उमेश लोनिया रहेका छन् ।

उनी साथीहरूसँग नारायणी नदिमा नुहाउन गएका थिए । नुहाउने क्रममा उमेशको डुबेर मृत्यु भएको परिवारले जनाएको छ ।

नारायणी नदिमा डुबेका बालकलाई स्थानीय र प्रहरीहरू मिलेर खोजिकार्य गरेपछि शव करिब १० मिटर दुरीमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button