तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारितामा सिन्डिकेट देखिनु निषेधको नीति’

बाँके । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कि स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख पूर्ण कुमारी सुबेदीले पत्रकारितामा सिन्डिकेट देखिनु निषेधको नीति भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल बाँकेको प्रशिक्षणलाई आज सम्बोधन गर्दै उहाँले पत्रकारिता वर्गीय पक्षधरतामा आधारित हुने भएकाले पत्रकारितामा पनि सिन्डिकेट गर्न केही तत्त्वहरू लागिपरेको बताउनुभयो । पत्रकार महासङ्घमा लागेको ताल्चालाई इङ्गित गर्दै सुवेदीले वर्ग विभाजित समाजमा पत्रकारिता पनि वर्गीय हुने भएकाले स्वतन्त्रता भनिए पनि कुनै कुनै रुपमा कलम घुमिरहन्छ भन्दै उहाँले समाजलाई अग्रगामी दिशामा लैजाने काममा पत्रकारहरूलाई मोर्चा बनाउन आग्रह गर्नुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सेराज खानले महासङ्घको निर्वाचनमा सर्वसम्मत हुन नसके सेन्टरसँग बन्ने मोर्चाबिच हुने सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डा. डक्ट प्रसाद धिताल, सुशील शर्मा लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button