यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु
दार्चुला । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे पाटनमा यार्सागुम्बा टिप्न गएका अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो।
शुक्रबार कार्कीको काँटैस्थित दोनथे भन्ने वनमा यार्सागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन्।
यार्सागुम्बा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको हो। आफन्तहरूले मृतकको शव लेकबाट गाउँतिर ल्याइरहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्