तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा कार दुर्घटना : दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडकबाट करिब २ सय ५० मिटर तल कार खस्दा दुर्घटनामा भएको हो । 

घाइते मध्ये एक बालिका र एक पुरुषको मृत्यु भएको छ भने दुई जना महिला र एक जना पुरुष घाइते छन् । घाइतेहरूको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको छ ।

 मृतक तथा घाइतेहरूको परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button