चर्को गर्मीका कारणका जनकपुरधामका विद्यालय पाँच दिन बन्द हुने
जनकपुरधाम । अत्यधिक गर्मी बढेपछि विद्यार्थीहरूमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा परेपछि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले आज सूचना जारी गर्दै जेठ १७ गते बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको जनाएको छ ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले दिन दिनै बढिरहेको अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै पाँच दिन नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा बिदा दिइएको जानकारी दिनुभयो ।
विगत केही दिनदेखि तराई मधेसको जिल्लाहरूमा दिउँसाको तापक्रम ४१ डिग्रीसम्म पुगेर लु समेत चलेको छ । चर्को घामसँगै तातो हावा चलेपछि जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।







प्रतिक्रिया राख्नुहोस्