सन्दीप लामिछानेलाई आइसिसी टी–२० विश्वकप खेल्न पठाउन पहल सुरु
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेलाई आइसिसी टी–२० विश्वकप खेल्न पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल सुरु गरेको छ ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासँगको कुराकानी पश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको हो ।
मन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि आफ्नो मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको जानकारी दिनुभयो । अब परराष्ट्रले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ ।
बुधबार सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्