एमाले बाजुराको अध्यक्षमा ओली निर्वाचित
बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा लाल बहादुर ओली विजयी हुनुभएको छ । जेठ १ गते बाट शुरु भएको माले बाजुराको आठौँ जिल्ला अधिवेशन नेतृत्वमा सहमति नजुटेपछि आइतबार निर्वाचन भएको थियो ।जसअनुसार अध्यक्षमा लाल बहादुर ओली, उपाध्यक्षमा जनक कुमार बोहरा, सचिवमा काशी बहादुर बिक, उपसचिवमा हरि बहादुर रोकाया र राजकला सार्की विजयी हुनुभएको छ।
अध्यक्ष लाल बहादुर ओलीले २ सय १८, मत ल्याइ विजयी हुँदा उनका प्रत्याशी भरत बहादुर थापाले २ सय ३, मत प्राप्त गर्नुभएको थियो। उपाध्यक्षमा जनक कुमार बोहराले २ सय ७४ उनका प्रत्याशी मेघराज शाहीले १ सय २०, सचिवमा काशी बहादुर बिकले २ सय ४१ उनका प्रत्याशी जनक विष्टले १ सय ७१ उपसचिवमा हरि बहादुर रोकायाले २ सय ७७ उनका प्रत्याशी मान बहादुर रोकायाले १ सय १५ र राजकला सार्कीले २ सय ७७ तथा उनका प्रत्याशी कल्पना महतले १ सय २६ मत ल्याउनु भएको छ ।
जिल्ला भरी बाट ४ सय ३९ जना प्रतिनिधि छनौट भई आएका भएपनी मतदान प्रक्रियामा ४ सय २५ जना सहभागी भएका थिए।







प्रतिक्रिया राख्नुहोस्