तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । 

गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चार वटा विधेयक मध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिने बाहेक अन्य काम नभएको बताउनुभयो । “यो अधिवेशनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने, विश्वासको मत फिर्ता लिनेजस्ता कामबाहेक विधेयक पारित गर्नेमा कुनै पनि काम हुन सकेन”, उहाँले भन्नुभयो । 

यसअघि, बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बावजूत मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिनेसम्बन्धी कारबाही अघि बढाइएको थियो ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button