तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय लिग सम्पन्न

धनकुटा । धनकुटामा जिल्ला स्तरीय ए डिभिजन लिग फुटबलको उपाधि देउराली क्लब धनकुटाले जितेको छ । 

धनकुटा फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा डाँडा बजार युथ क्लब साँगुरी गढी ५ लाई हराउँदै देउराली क्लब धनकुटा ७ ले उपाधि जितेको हो। ए डिभिजन लिग विजेताले देउराली क्लब नगद ४० हजार रुपैयाँ हात पारेको छ भने र उपविजेता डाँडा बजारले नगद २० हजार रुपैयाँमा चित्त बुझाएको छ। ६ टिमको सहभागिता रहेको ए डिभिजन जिल्ला लिग विजेता देउराली प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने भएको छ। 

यस्तै धनकुटा जिल्ला स्तरिय बी डिभिजन लिगको उपाधि चुलाचुली युथ क्लब छथर जोरपाटी ३ चुलाचुलीले जितेको छ। प्रतियोगिताको फाइनलमा सिधुवा युथ क्लब छथर जोरपाटी ६ सिधुवाँलाई हराउँदै उपाधि जितेको छ। बी डिभिजन विजेताले चुलाचुलीले नगद ३० हजार कप हात पारेको छ भने उपविजेता सिधुवाले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ। बी डिभिजन लिग प्रतियोगितामा धनकुटा १० वटा फुटबल टिमको सहभागिता रहेको थियो।

यस्तै ए डिभिजनमा अन्तिम हुने टिम रेलिग्रेसनमा जनचेतना युथ क्लब हिले बी डिभिजनमा घटुवा भएको छ भने बी डिभिजन विजेता चुलाचुली युथ क्लब चुलाचुली, उपविजेता सिधुवा युथ क्लब सिधुवा र किराँत युथ क्लब बुढिमोरङ ए डिभिजनमा बढुवा भएको जिल्ला फुटबल संघका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button