तपाईँ सुन्दै हुनुहुन्छः

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । 

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई आज बिदाइ गर्नुभएको हो । उहाँले आत्मविश्वाससहित उच्च प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । 

रोशन तामाङको कप्तानीमा रहने नेपाली टोलीमा दीपेशजङ थापा, उमेशबहादुर महतो, अनिल जर्घामगर, विजय महतो र पदमबहादुर थाडामगर रहेका छन् ।

त्यस्तै, प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, टिम व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नासिर मास्के रहेका छन् । 

यही जेठ ५ गतेदेखि सुरु हुने विश्वकपमा कूल २१ राष्ट्रको सहभागिता रहनेछ । नेपाल डिभिजन वानमा रहेको छ, जहाँ कूल नौ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । 

प्रिमियरमा भने १२ राष्ट्र रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button