तपाईँ सुन्दै हुनुहुन्छः

मदन–आश्रित स्मृति दिवस : दुई सय ३६ कैदीबन्दीको निःशुल्क आँखा जाँच 

उदयपुर  । उदयपुरमा दुई सय ३६ कैदीबन्दीको निःशुल्क आँखा जाँच गरिएको छ । 

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा आज उदयपुरको गाईघाटमा दुई सय ३६ कैदीबन्दीको निःशुल्क आँखा जाँच गरिएको हो ।

मदन भण्डारी आँखा अस्पताल र मदन भण्डारी फाउण्डेसन उदयपुरको आयोजना एवं नेकपा एमाले उदयपुरको समन्वयमा जिल्ला कारागारमा रहेका दुई सय २४ पुरुष कैदीबन्दी र १२ महिला कैदीबन्दीको निःशुल्क आँखा जाँच गरिएको मदन भण्डारी आँखा अस्पताल गाईघाटका अध्यक्ष समेत हुनुभएका एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो ।

शिविरमा ५७ जनालाई चस्मा, ३ जनाको मोतिया बिन्दुको अप्रेसन र ९२ जनालाई औषधी लेखिएको  मदन भण्डारी आँखा अस्पताल गाईघाटका डा.दिवाकर चौधरीले जानकारी दिनुभयो । 

आँखाका बिरामीलाई औषधि, चस्मा र अपरेसन खर्च मदन भण्डारी आँखा अस्पताल र मदन भण्डारी फाउण्डेसनले निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button