बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी निर्माण

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुकेपछि निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माण गरेको छ । बढ्दो गर्मीसँगै निकुञ्जमा रहेका साना–ठूला जलाशयमा पानीको सतह घटेपछि निकुञ्जले यो वर्ष निकुञ्जमा ८३ वटा कृत्रिम पोखरी निर्माण गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताउनु भयो ।
निकुञ्जभित्र पानीको समस्या देखिन थालेपछि कृत्रिम पोखरी बनाई वन्यजन्तुलाई पानी व्यवस्थापन गरिएको शाहले जानकारी दिनु भयो ।
कतिपय जलाशय त सुख्खा भइसकेका छन् । निकुञ्ज क्षेत्रमा स्थायी पानीको स्रोत तथा मुहान पर्याप्त नहुँदा गर्मी समयमा निकुञ्ज क्षेत्रमा पानी अभाव हुन थालेको छ । पाटेबाघलगायत निकुञ्जमा पाइने वन्यजन्तु चित्तल, जरायो, नीलगाई, चौका, लगुना, चितुवा र हात्तीसहितका अन्य वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहको भनाई थियो

सोलार प्रविधिबाट पानी तान्ने मोटर र स्वचालित प्रविधि गरी कृत्रिम पोखरी निर्माण गरिएको छ । चुरे क्षेत्रको फेदतर्फ सुख्खा जमिन भएकाले स्थापना गरिएका कृत्रिम पानी पोखरीमा राखिने पानी माटोले सोस्ने भएकाले कुसुम पूर्वीनाकामा कृत्रिम पोखरीको सतहमा प्लास्टिक बिछ्याएर पानी टिकाउने प्रयास निकुञ्जले गरेको छ ।
उहाँले चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको बताउँदै चालु आर्थिक वर्षमा तीन वटा बोरिङसहितको पोखरी गी ८३ वटा पोखरी निर्माण गरिएको र तीन ठाउँमा बोरिङ मात्रै गरेर खाल्डोमा पानीको व्यवस्था गरिएको शाहले जिकिर गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्