तपाईँ सुन्दै हुनुहुन्छः

वन फडानीको विरोधमा यातायात बन्द, जनजीवन प्रभावित

पाँचथर । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भइरहेको वन फडानीको विरोध गर्दै हिजो बाट  गरिएको यातायात बन्दले जनजीवन प्रभावित बनेको छ ।

बन्दले पाँचथर, ताप्लेजुङ, इलाम  र झापाको जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार बनाउन जङ्गल फडानी गरिएको विषयलाई लिएर विभिन्न संस्थाले २ र ३ गते मेची राजमार्ग सहित तमोर करिडोर र ताप्लेजुङमा यातायात बन्द आह्वान गरेका हुन् । 

बन्दका कारण आज दोस्रो दिन पनि बिहानै देखी बन्द कर्ता सडकमा उत्रिएर लामो तथा छोटो दुरीका सवारी साधन चलन दिएका छैनन् ।वन फडानी गरिएको क्षेत्र याक्थुङ लिम्बूसहित आम मानिसको ‘आस्थाको केन्द्र’ भएकाले जबरजस्त रूपमा रुख फडानी नगर्न बन्दकर्ताले आह्वान गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button