तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाकी पूर्णिमा श्रेष्ठ दोस्रो पटक सगरमाथा चुचुरोमा

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर १० आरुघाट घर भएकी पूर्णिमा श्रेष्ठ विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गर्नुभएको छ । उहाँले आइतबार बिहान ६ः४० बजे शिखरमा पुगेर अहिले बेसक्याम्प आइपुग्नु भएको हो । 

एटके एक्सपिटिशनबाट  आरोहण गर्नुभएकी श्रेष्ठले यसअघि  सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो । हालसम्म उहाँले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठ वटै हिमाल आरोहण गरिसक्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button