कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।
संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।
बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।
कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्दै आएको छ ।
कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग भएको छलफल सकारात्मक रहेको बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्